२१.३२ अङ्कले बढ्यो नेप्से, ४ अर्बको कारोबार

अनलाइनसमय |
२८ असोज २०८३
२१.३२ अङ्कले बढ्यो नेप्से, ४ अर्बको कारोबार

काठमाडौं, २८ असोज । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक २१ दशमलव ३२ अंकले बढेर दुई हजार ६२१ दशमलव २६ बिन्दुमा कायम भएको हो ।

आज १ करोड १६ लाख ७४ हजार २०९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १३ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ४ अर्ब ७३ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १८८ धितोपत्रको शेयर मूल्य बढ्दा ८० को घटेको छ । यस्तै ९ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३५४ धितोपत्र कारोबारमा आएका छन् ।

बुधबार सबै समूहको उपसूचक बढेको छ । यसदिन बैंकिङ सर्वाधिक १ दशमलव ४५ प्रतिशतले बढेको छ ।

आज उन्नति लघुवित्त ४ दशमलव ९५ र एनआइसी एसिया सेलेक्ट फण्ड ३० को शेयर मूल्य ४ दशमलव ९१ प्रतिशतले बढेको छ ।

यसदिन सगरमाथा जलविद्युत् ६ दशमलव ३२, एभरेष्ट कलर ४ दशमलव ९५, स्वाभिमान लघुवित्त ३ दशमलव ७५, अपर लहरे खोला हाइड्रोपावर ३ दशमलव ६४ र सीटि होटलको शेयर मूल्य ३ दशमलव ३३ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस