काठमाडौं, २८ असोज । भारत जाने तथा भारतबाट आउने उडानमा केही वस्तु बोक्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।
नेपाल वायुसेवा निगमले भारतबाट वा भारततर्फ सञ्चालन हुने उडानमा पावर बैंक, क्याबिन ह्यान्डब्याग, चेकइन ब्यागेज तथा कार्गोमार्फत केही वस्तु ओसारपसार गर्न पूर्ण प्रतिबन्ध लगाइएको जनाएको हो ।
निगमले सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले जारी गरेको सर्कुलरअनुसार उक्त व्यवस्था लागू गरिएको निगमले जनाएको छ ।