काठमाडौं, २८ असोज । बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनमो तुलनामा आज सुन तोलामा २ हजार ७ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज छापावाल सुन प्रतितोला २ लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी तोलामा १०० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ४ हजार ३५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।