सुदूरपश्चिमका एमाले सांसद थापाले पदबाट दिए राजीनामा

अनलाइनसमय |
२८ असोज २०८३
सुदूरपश्चिमका एमाले सांसद थापाले पदबाट दिए राजीनामा

काठमाडौं, २८ असोज । सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका थापाले सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा बुझाएका हुन् । उनले केही समयदेखि प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै आएका थिए ।

मंगलबार बजेट पारित भएपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन् । प्रदेशसभाबाट बजेट पारित हुनुअघि भएको छलफलमा थापाले बोल्न चाहेका थिए ।

त्यसका लागि उनले एमाले संसदीय दलका नेता राजेन्द्र रावलसँग समय मागेका थिए । तर, रावलले उनलाई बोल्न समय उपलब्ध गराउन तयार नभएको बताइएको छ ।

उनी लामो समय प्रदेशको भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस