दुई महिनामै भित्रियो ४.३६ खर्ब रेमिट्यान्स

अनलाइनसमय |
२९ असोज २०८३
दुई महिनामै भित्रियो ४.३६ खर्ब रेमिट्यान्स

काठमाडौं, २९ असोज । चालू आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा ४ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैकले आज सार्बजनिक गरेको दुई महिनासम्मको तथ्याङ्कअनुसार विप्रेषण आप्रवाह २३.९ प्रतिशतले वृद्धि भई ४ खर्ब ३६ अर्ब ३६ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो ।

२०८३ भदौमा मात्रै विप्रेषण आप्रवाह २ खर्ब २१ अर्ब ३१ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ७४ अर्ब ६७ करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ४ खर्ब ६९ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.३८४ अर्ब ८८ करोड रहेको थियो ।

चालू आवको दुई महिनामा वैदेशिक रोजगारीका लागि ७८ हजार ३२० जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् भने ५२ हजार १६३ जनाले र पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ९०,१९८ र ४५,८८४ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस