४.५६ अङ्कले बढ्यो नेप्से, ४ अर्ब ७१ करोडको कारोबार

अनलाइनसमय |
२९ असोज २०८३
४.५६ अङ्कले बढ्यो नेप्से, ४ अर्ब ७१ करोडको कारोबार

काठमाडौं, २९ असोज । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ४ दशमलव ५६ अंकले बढेर दुई हजार ६२५ दशमलव ८२ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ३६ लाख २४ हजार ४०७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ४ अर्ब १३ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १७१ धितोपत्रको शेयर मूल्य बढ्दा ९१ को घटेको छ । यस्तै १५ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४९ धितोपत्र कारोबारमा आएका छन् ।

आज बेनी हाइड्रोपावर प्रोजेक्ट १४ दशमलव ९८, हिमालयन एभरेष्ट इन्सुरेन्स ६ दशमलव ३५, लक्ष्मी उन्नति कोष ६ दशमलव २४ र मन्जुश्री फाइनान्सको शेयर मूल्य ४ दशमलव ४४ प्रतिशतले बढेको छ ।

यसदिन लक्ष्मी भ्यालु फण्ड २ दशमलव ८४, माथिल्लो मेलुङ खोला जलविद्युत् २ दशमलव ८३, गरिमा समृद्धि योजना २ दशमलव ७७ र कलंग हाइड्रोको शेयर मूल्य २ दशमलव ७३ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस