[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='single-above-news']
[gam_ad_position alias='single-above-news']

पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान पर्यटन विभागको आग्रह

अनलाइनसमय |
१२ कार्तिक २०८३
पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान पर्यटन विभागको आग्रह

काठमाडौं, ११ कात्तिक । पर्यटन विभागले पर्यटक, आरोही र पदयात्रीहरूलाई उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरेको छ ।

विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई आग्रह गरेको हो ।

मौसम विज्ञान विभागको बुलेटिनअनुसार कात्तिक ११ गतेदेखि १५ गतेसम्म मुलुकका विभिन्न स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

यसैगरी, सम्भावित वर्षाका कारण भू–क्षय, बाढी तथा पहिरोको जोखिम बढेको छ भने हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको समेत अत्यधिक जोखिम रहेको छ ।

प्रतिकूल मौसमलाई मध्यनजर गर्दै पर्यटन विभागले पर्यटकहरूलाई उच्च हिमाली भूभागमा नजान र यदि गइसकेको भए पर्वतारोही, पदयात्री तथा सम्बन्धित सबै पक्षलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ । आधिकारिक निकायबाट आउने अद्यावधिक मौसमी पूर्वानुमानलाई हेरेर मात्र आफ्ना आगामी योजनाहरू तय गर्न सम्बन्धित सबै सरोकारवालाहरूलाई अनुरोध गरेको छ ।

साथै, पदयात्रा तथा हिमाल आरोहण अनुमति जारी गरिएका खुम्बु र मनाङलगायतका हिमाली क्षेत्रका स्वास्थ्य संस्थाहरू तथा काठमाडौं र पोखरामा रहेका उच्च हिमाली स्वास्थ्य समस्याका उपचार सेवा प्रदायक अस्पतालहरूमा निरन्तर र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाउन पनि विभागले आग्रह गरेको छ ।

[gam_ad_position alias='single-after-news']
[gam_ad_position alias='single-after-news']

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='single-after-comment']
[gam_ad_position alias='single-after-comment']

खोज्नुहोस