[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='single-above-news']
[gam_ad_position alias='single-above-news']

३३.२९ अङ्कले बढ्यो नेप्से, साढे ७ अर्बको कारोबार

अनलाइनसमय |
१२ कार्तिक २०८३
३३.२९ अङ्कले बढ्यो नेप्से, साढे ७ अर्बको कारोबार

काठमाडौं, ११ कात्तिक । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ३३ दशमलव २९ अंकले बढेर दुई हजार ६६० दशमलव ०६ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ९३ लाख ९४ हजार २५९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४५ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ५ अर्ब ७९ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज २४१ धितोपत्रको शेयर मूल्य बढ्दा ३५ को घटेको छ । यस्तै ३ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४८ धितोपत्र कारोबारमा आएका छन् ।

बुधबार व्यापार शून्य दशमलव ४४ प्रतिशत बाहेक बाँकी सबै समूहको उपसूचक बढेको छ । यसदिन हाइड्रोपावर समूह सर्वाधिक २ दशमलव ०६ प्रतिशतले घटेको छ ।

यस्तै जीवन बीमा १ दशमलव ५९, फाइनान्स १ दशमलव ५५, लगानी १ दशमलव ५२, बैंकिङ १ दशमलव ३६, होटेल तथा पर्यटन १ दशमलव ३४, विकास बैंक १ दशमलव ११, माइक्रोफाइनान्स शून्य दशमलव ८७, अन्य शून्य दशमलव ८५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६६, म्युचुअल फण्ड शून्य दशमलव ५१ र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ०२ प्रतिशतले बढेको छ ।

आज बेनी हाइड्रोपावर प्रोजेक्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै बुटवल पावर १० दशमलव ६, सुपर खुदी हाइड्रोपावर ६ दशमलव २६, एनआरएन इन्फास्टक्चर एन्ड डेभलवमेन्ट ६ दशमलव २२ र यूनियन हाइड्रोपावरको शेयर मूल्य ५ दशमलव ८६ प्रतिशतले बढेको छ ।

यसदिन गरिमा समृद्धि योजना २ दशमलव ७५, शिर्जनशील लघुवित्त २ दशमलव ३, चितवन हाइड्रोपावर २ दशमलव १२ र एनआइसी एशिया सेलेक्ट फण्डको शेयर मूल्य २ दशमलव ०५ प्रतिशतले घटेको छ ।

[gam_ad_position alias='single-after-news']
[gam_ad_position alias='single-after-news']

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='single-after-comment']
[gam_ad_position alias='single-after-comment']

खोज्नुहोस