casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

बंगुरपालनबाट आत्मनिर्भर बनेकी हेम माया

अनलाइनसमय |
२० वैशाख २०८२
बंगुरपालनबाट आत्मनिर्भर बनेकी हेम माया

कुल नारायण श्रेष्ठ,
काठमाडौं, २० वैशाख । नवलपरासीको कावासोती नगरपालिका–१ की हेम माया थापा मगर अहिले जुन उद्यमशीलताको उचाइमा छिन्, केही वर्षअघिसम्म पनि यो उनको कल्पना बाहिरको कुरा थियो । उनले जे सोचेर उद्यम व्यवसायमा हात हालेकी थिइन् । त्यसलाई निरन्तरता दिन र सफल बनाउन सहज थिएन । तर छिमेक लघुवित्त वित्तीय संस्थाको कर्जा सहयोग र श्रीमान्को अटुट साथ पाएपछि उनलाई अरू सामान्य भए । हुन पनि आज यो दम्पत्ती आफ्नै गाउँठाउँमा बंगुरपालन व्यवसायमा रमाएको मात्र छैन, छोटो समयमै आर्थिक हिसाबले ठूलो फड्को मार्न समेत सफल भएको छ ।

देशका धेरै युवा जस्तै हेम मायाका श्रीमान् नेत्र पनि रोजगारीका लागि पटक पटक विदेशिए । तर विदेश सबैका लागि सोचेजस्तो किन हुन्थ्यो र ? वैदेशिक रोजगारी उनलाई फापेन ।

यो दम्पत्तीलाई स्वदेशमै केही गर्ने दबाब मात्र थिएन, गर्न सकिन्छ भन्ने आत्मविश्वास पनि थियो । यसका लागि वित्तीय स्रोत अपरिहार्य थियो । त्यसमा छिमेक लघुवित्तले ५ लाख विनाधितो कर्जा दियो, जसमा थप पूँजी लगाएर शुरू गरे व्यावसायिक बंगुरपालन । १२ लाख लगानीबाट बंगुरपालन गरिरहेको यो दम्पत्ती आज यही व्यवसायबाट आत्मनिर्भर बनेको छ । हेममायाका श्रीमान् नेत्र यसको ठूलो श्रेय छिमेक लघुवित्तलाई नै दिन्छन् । ‘आम्दानी राम्रै भैरहेको छ, खुशी छौं, बुढाबुढी मिलेर व्यवसाय गरिराछौं,’ उनले भने, ‘छिमेकले कर्जा दिएर व्यवसाय गर्न सहज भएको छ, अहिले विदेश जाने सोच पनि हरायो ।’

 

हेममाया विगतका ती दिन सम्झन्छिन्, जतिबेला छरछिमेक र आफन्तबाट ५–१० हजार सरसापट पाउन पनि मुश्किल हुन्थ्यो । मन लागेका कुरा खान र लगाउन सकिन्नथ्यो । छिमेक लघुवित्तको सदस्य बनेपछि १५, २०, २५ हजार हुँदै कर्जा पाउन थालेपछि उनीहरूलाई सानोतिनो ऋणकै लागि अरूको मुख ताक्नुपरेको छैन । कर्जालाई व्यवसायमा लगाएर मुनाफा आर्जन गर्न सफल उनकोे परिवारलाई बंगुरपालनले धेरै कुरा दिएको छ । ‘भाडामा भएपनि बंगुर व्यवसाय थाल्यौं, यसबाट बिस्तारै आम्दानी राम्रै हुँदै गयो,’ उनले सम्झिन्, ‘अहिले छोराछारी पढाउन, घरखर्च चलाउन धेरै सजिलो भएको छ ।’

बंगुरपालनबाट आम्दानी हुँदै गएपछि हेम माया र उनका श्रीमान् नेत्रले छिमेक लघुवित्तसहित अन्यत्रको ऋण पनि तिरिसकेका छन् । ड्युरोक, हेम्पसायर र ल्यान्डरेस जातका बंगुर पालेका छन् उनीहरू यसको विक्रीबाट मासिक १ लाख आम्दानी हुने सुनाउँछन् ।

आगामी दिनमा यो व्यवसायलाई अझै उचाइमा पु¥याउने सपना यो दम्पतीले देखेका छन् । देशका लघुवित्तका कतिपय कर्जा दुरुपयोग भएको सुनेका यो दम्पतीले कर्जाको सदुपयोग गरेका मात्र छैनन्, त्यसबाट गुणात्मक लाभ लिन समेत सफल भएका छन् । छिमेक लघुवित्तको असल सदस्य भएकै कारण उनलाई कर्जा बढाउँदै लैजान सजिलो भएको छ । आज विनाधितो ७ लाखसम्म कर्जा उपभोग गर्न सक्नुमा उनकै वित्तीय अनुशासन, कर्जा सदुपयोगिता र उद्यमशीलता नै प्रमुख कारण हुन् । ‘छिमेकमा बसेदेखि कर्जा चलाउन सहज भयो, व्यवसाय गरेर किस्ता तिर्न गाह्रो भएको छैन,’ हेममायाले भनिन्, ‘समयमै किस्ता तिर्ने, अनुशासनमा बसेका छौं, व्यवसाय हेरेर, विश्वास गरेर कर्जा बढाउँदै दिएको छ ।’

बंगुरपालनलाई नै आफ्नो कर्म र धर्म बनाएका हेम माया र उनका श्रीमान् व्यावसायिक सुरक्षाका लागि बंगुरको बीमा गर्ने सोचमा समेत छन् । बंगुरको साधारण औषधि उपचारका लागि नेत्र आफै खटिन्छन् । यसले खर्च र लागत घटाउन सघाउ पुगेको छ । घरपरिवार र व्यवसायलाई समय मिलाउँदै अघि बढेको यो दम्पत्ती बंगुरपालन बढाउने योजनामा रहेको सुनाए । ‘फर्म अझै ठूलो बनाएर केही बंगुर थप्ने योजना छ,’ नेत्रले भने ।

जीवनमाअभाव र दुःख जो कसैको पनि हुन सक्छ । तर अभाव छ भनेर महिलाले कहिल्यै हरेस खान नहुने हेममाया बताउँछिन् ।उनी जस्ता महिला उद्यमी स्थापित हुँदाअरू महिलालाई पनि व्यवसायमा आउने हौसला बढ्छ । यस्ता महिलालाई उनको सुझाव र सन्देश पनि त्यही छ, कर्जा लिएर सही ठाउँमा लगानी गरे सफल उद्यमी बन्नबाट कसैले रोक्न सक्दैन । ‘निरन्तरता दिए थोरै लगानीबाट पनि धेरै आम्दानी गर्न सकिन्छ, सुरुमा दुःख त भैहाल्छ तर मेहेनत गरेपछि सफलता पाइन्छ,’ हेम मायाले भनिन्, ‘श्रीमान् श्रीमति मिलेर केही व्यवसाय गरे घरखर्च धान्न सजिलो हुन्छ ।’

अभावकै बीच पनि छिमेक लघुवित्त जस्ता संस्थाको वित्तीय साथ, व्यवसाय गर्ने सोच र लगाव भएगाउँघरमै बसेर उद्यमी बन्न र राम्रो आयआर्जन गर्न सकिने हेम मायाको अनुभव छ । कुनै व्यावसायिक पृष्ठभूमि नभएको परिवार, त्यसमा पनि विपन्न अवस्थाबाट उनले जसरी आफूलाई व्यावसायिक बंगुरपालनमा स्थापित गरिन्, आम महिला उद्यमी, त्यसमा पनि यही व्यवसायमा आउन चाहेका लागि उनको सफलता प्रेरणाको स्रोत बन्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun