धितोपत्र बजारको डिजिटलाइजेसनमा सीडीएससीको भूमिका (अन्तरवार्ता)

अनलाइनसमय |
२३ असोज २०८३
धितोपत्र बजारको डिजिटलाइजेसनमा सीडीएससीको भूमिका (अन्तरवार्ता)

काठमाडौं, २३ असोज । नेपालको धितोपत्र बजारमा कुनै समय सेयर खरिद–विक्रीका लागि कागजी प्रमाणपत्र बोकेर हप्तौं धाउनुपर्ने, नामसारीका लागि महिनौं कुर्नुपर्ने र आईपीओ भर्न दिनभर जस्तो लाइन बस्नुपर्ने बाध्यता थियो । आज त्यो झन्झटिलो अवस्था पूर्ण रूपमा समाप्त भएको छ । अहिले घरमै बसेर औंलाका भरमा सेयर खरिद–बिक्री, सेयर पोर्टफोलियो व्यवस्थापन र सेयर आवेदन दिन सकिन्छ ।

नेपाली पुँजी बजारको यस अभूतपूर्व आधुनिक रूपान्तरण र डिजिटल पूर्वाधारको केन्द्रविन्दुमा रहेको प्रमुख संस्था हो– सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) । केन्द्रीय निक्षेप सेवा, सेयरको अभौतिकीकरण र दोस्रो बजारको धितोपत्र राफसाफ प्रणालीलाई पारदर्शी, सुरक्षित र द्रुत बनाउन सीडीएससीको योगदान रहँदै आएको छ ।

तथापि, बजारमा प्रविधिको तीव्र विस्तारसँगै लगानीकर्ताहरूका लागि नयाँ दायित्व र प्राविधिक चुनौतीहरू पनि उत्तिकै थपिएका छन् । डिम्याट र मेरो सेयर खाताको समयमै नवीकरण नगर्दा खाता रोक्का भई कारोबार रोकिनु, सेयर विक्रीपछि टी–प्लस–टू को निर्धारित समयभित्र इडीआईएस (भ्म्क्ष्क्) नगर्दा अञ्जानमै २० प्रतिशत क्लोजआउट जरिवानाको भागीदार बन्नु जस्ता समस्या पनि छन् ।

यसै परिप्रेक्ष्यमा यस साताभर चलिरहेको ‘विश्व लगानीकर्ता सप्ताह २०२६’ को सन्दर्भ पारेर सीडीएससीका कार्यक्षेत्र, ‘मेरो सेयर’ र ‘सी–आस्बा’ले ल्याएको रूपान्तरण, लगानीकर्ताले अपनाउनुपर्ने प्राविधिक सजगता, क्लोजआउट जरिवानाबाट बच्ने उपाय र अक्सन मार्केटको तयारीका विषयमा केन्द्रित रहेर आजको वित्तीय संवादमा छलफल गर्दै छौं ।

यसै विषयमा हिजो बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का कार्यवाहक प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटासँग गरिएको कुराकानी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस