बजारमा बढ्यो सुनचाँदीको मूल्य

अनलाइनसमय |
८ मंसिर २०८३
बजारमा बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ मंसिर । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुन प्रतितोला दुई लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आजको बजारमा चाँदी तोलाको ३५ रुपैयाँले बढेर प्रतितोला तीन हजार १४५ रुपैयाँमा खरिद बिक्री भईरहेको छ । हिजो बजारमा चाँदी प्रतितोला तीन हजार ११० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस