अपि पावरको शेयरमूल्य समायोजन, प्रतिकित्ता ३१६ रुपैयाँ १९ पैसा कायम

अनलाइनसमय |
८ मंसिर २०८३
अपि पावरको शेयरमूल्य समायोजन, प्रतिकित्ता ३१६ रुपैयाँ १९ पैसा कायम

काठमाडौं, ८ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपि पावरको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले कम्पनीको ५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयरमूल्य ३१६ रुपैयाँ १९ पैसा कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात सोमबार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ३३२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस