कस्तो रहला आज दिनभरको मौसम ?

अनलाइनसमय |
८ मंसिर २०८३
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं, ८ मंसिर हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्र तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ ।

आज राती कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ। तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस