काठमाडौं, २५ भदौ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् ।
उनले आज प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको यादवको सचिवालयले जनाएको छ ।
पछिल्लो समय उपभोक्ताले ग्यास अभाव झेलिरहँदा समस्या समाधान नगरेको भन्दै आलोचना बढेको थियो । मन्त्री यादवले हिजो मात्रै संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।
उद्योगीलाई पाता कस्ने र लाइसेन्स खारेज गर्नेसम्मको धम्की दिएपछि व्यवसायीहरूले उनको अभिव्यक्तिप्रति प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए ।