करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

अनलाइनसमय |
१६ भदौ २०८३
करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

काठमाडौं, १६ भदौ । सरकारले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ स्थगित भएको छ ।

आन्तरिक राजस्व विभागले विपद्को वर्तमान अवस्थालाई मध्यनजर गर्दै आज सार्वजनिक गर्ने तय भएको चिठ्ठाको नतिजा स्थगित गरिएको जनाएको हो ।

भदौ १ गतेदेखि १५ गतेसम्मका कुपन हिजो (सोमबार)चिठ्ठामार्फत तानिएको थियो । तर, विपदका कारण यो कार्यक्रम तत्कालका लागि स्थगित गरिएको हो । कार्यक्रमअन्तर्गत यसअघि दुई चरणको चिठ्ठाका विजयीलाई उपहार दिइसकेको छ ।

नतिजा स्थगित भए पनि योग्य कारोबारका आधारमा कुपन तयार हुने प्रक्रिया भने निरन्तर चल्ने बताइएको छ । विभागका अनुसार भदौ १ देखि १५ गतेसम्मका बिजेताको घोषणा अब असोज १ गते हुने छ । त्यसदिन भदौ महिनाभर कारोबार गरेका मध्येबाट ३० जतना उपहार बिजेता र २ जना बम्पर उपहार बिजेता छनोट हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस