नेपाललाई विश्व बैंकले १७ करोड डलर सहयोग गर्ने

अनलाइनसमय |
११ भदौ २०८३
नेपाललाई विश्व बैंकले १७ करोड डलर सहयोग गर्ने

काठमाडौं, ११ भदौ । बाढीबाट प्रभावित नेपालका लागि विश्व बैंकले करिब १७ करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयका अनुसार उक्त रकम नेपाली मुद्रामा करिब २५ अर्ब रुपैयाँ बराबर हुन्छ ।

विश्व बैंकबाट प्राप्त हुने सहयोगमध्ये १ करोड अमेरिकी डलर भने तत्काल राहत तथा पुनःस्थापनाका काममा खर्च गर्ने गरी ‘र्‍यापिड रेस्पोन्स अपरेसन’मार्फत परिचालन गरिनेछ ।

तर सहयोग रकम परिचालन गर्नुअघि नेपाल सरकारले आवश्यक औपचारिक प्रक्रिया पूरा गर्नुपर्नेछ । त्यसका लागि सरकारले संकटकाल घोषणा गरी त्यससम्बन्धी सूचना राजपत्रमा प्रकाशित गर्नुपर्नेछ।

सरकारबाट उक्त प्रक्रिया पूरा भएपछि विश्व बैंकले राहत तथा पुनःस्थापनाका लागि सहयोग परिचालनको प्रक्रिया अघि बढाउनेछ ।

बाढीबाट प्रभावित क्षेत्रको तत्काल राहतसँगै पुनःस्थापनाका लागि आवश्यक स्रोत जुटाउन यो सहयोग महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । विश्व बैंक नेपालमा विभिन्न विकास परियोजनामा निरन्तर वित्तीय सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस