धितोपत्र बजारमा गलत सूचनाको जोखिमबाट कसरी बच्ने ? (अन्तरवार्ता)

अनलाइनसमय |
२५ वैशाख २०८३
धितोपत्र बजारमा गलत सूचनाको जोखिमबाट कसरी बच्ने ? (अन्तरवार्ता)

काठमाडौं, २५ वैशाख । नेपालको धितोपत्र बजारको दिगो विकास, विस्तारका लागि गर्नुपर्ने सुधारको आवश्यकताबारे सधैंजसो चर्चा र बहस हुने गर्छ, जसमा धितोपत्र बजार सम्बन्धी नीतिगत संशोधन, परिमार्जनको विषय पनि एक हो । यसै सन्दर्भमा नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा संशोधन गरेको छ ।

पछिल्लो समय प्रविधिको तीव्र विकास र बजारमा नयाँ लगानीकर्ताको बढ्दो उपस्थितिसँगै पुराना नियमहरूलाई समयसापेक्ष बनाउनुपर्ने चुनौती थियो । सोही आवश्यकतालाई सम्बोधन गर्दै विनियमावलीमा विभिन्न विषय संशोधनका साथै थप गरिएको हो ।

विनियमावलीमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूको दैनिक मूल्य परिवर्तत (प्राइस लिमिट)देखि सर्किट ब्रेक सम्बन्धी व्यवस्था परिवर्तन गरिएको छ । यस्तै आफ्टर मार्केट अर्डरको सुविधा समेत गरिएको छ । यी नयाँ व्यवस्थाले नेपाली पूँजी बजारको स्वरूप र कारोबार शैलीलाई पनि बदल्ने अपेक्षा गरिएको छ । प्राविधिक विषय भएकाले विनियमावलीमा संशोधन गरिएका विषयवस्तुबारे धेरै लगानीकर्ताले नबुझ्न पनि सक्छन् ।

धितोपत्र कारोबारमा धेरै सुनिने प्राविधिक शब्द, अर्थ र त्यसको महत्व किन बुझ्न किन आवश्यक छ ? यसले धितोपत्र लगानीको निर्णयमा के कस्तो फरक पार्न सक्छ ? साथै, धितोपत्र बजारमा सहभागिता बढ्दै जाँदा विशेषगरी साना र नयाँ लगानीकर्ता कस्ता जोखिममा हुन्छन् ? बजारका जोखिमबाट कसरी बच्ने ?

हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीसँग गरिएको कुराकानी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस