काठमाडौं, २६ भदौ । नेपालको धितोपत्र बजार लामो समयदेखि शिथिल अवस्थामा छ । लगानीकर्ता ‘पर्ख र हेर’कै स्थितिबाट गुज्रिरहेका छन् । त्यसमाथि हालै भोटेकोशी नदीमा आएको भीषण बाढी (हिमालय सुनामी)ले दर्जनौं जलविद्युत् आयोजनामा पुर्याएको क्षतिसँगै सेयर बजारमा जलविद्युत् र बीमा समूहमा तीव्र गिरावट देखियो । यद्यपि जलविद्युत् आयोजनाहरूको बीमा गरिएको हुन्छ । बीमाले क्षतिपूर्ति दिन्छ । र, सबै जलविद्युत्मा क्षति पुगेका पनि होइनन् । तर आधिकारिक सूचना प्रणालीको अभावमा लगानीकर्ताहरू प्यानिक भए । यसले हाम्रो बजार अझै पनि हल्ला र ‘प्यानिक सेलिङ’को भरमा चल्ने गरेको यथार्थलाई फेरि पनि उजागर गरेको छ ।
सामान्य उकालो लाग्दा ‘सबै किनिहाल्ने’ र थोरै घट्दा ‘सबै सिद्धियो’ भन्ने लगानीकर्ताको अस्वाभाविक मनोविज्ञानबीच नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बजार सुधारका नयाँ नीतिहरू अघि सारेको छ । एसएमई बोर्डको स्थापना, मार्जिन ट्रेडिङ, इन्ट्राडे र सर्ट सेलिङ जस्ता आधुनिक औजारको तयारी गरिँदै छ । यद्यपि पर्याप्त वित्तीय साक्षरताविना यी औजार साना लगानीकर्ताका लागि कत्तिको सुरक्षित होलान् भन्ने प्रश्न पनि कायमै छ ।
समग्रमा अहिलेको भोटेकोशी बाढी जस्ता प्राकृतिक प्रकोप, राजनीतिक फेरबदल र नीतिगत अस्थिरताका बीच आम लगानीकर्ताले आफ्नो लगानी जोगाउँदै सुरक्षित प्रतिफल कसरी प्राप्त गर्ने ? यस विषयमा बिहीबार (हिजो) हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामाबीमा क्यापिटल म्याक्स सेक्युरिटिज् लिमिटेडका कार्यकारी अध्यक्ष अतिल ताल श्रेष्ठसँग गरिएको कुराकानी :