डिजिटल पेमेन्ट्समा छलाङ, साइबर सुरक्षामा हामी कति सचेत, कति सबल ? (अन्तरवार्ता)
अनलाइनसमय |
१९ भदौ २०८३
काठमाडौं, १९ भदौ । डिजिटल प्रविधिको विकाससँगै नेपालको वित्तीय क्षेत्रले पछिल्लो दशकमा अभूतपूर्व फड्को मारेको छ । भौतिक नोटको कारोबारबाट शुरू भएको हाम्रो वित्तीय यात्रा आज क्यूआर कोड स्क्यान, मोबाइल बैंकिङ र डिजिटल वालेटसम्म आइपुग्दा दैनिक जीवनकै अभिन्न हिस्सा बनिसकेको छ । केन्द्रीय बैंकको तथ्यांकलाई नै हेर्ने हो भने पनि केवल क्यूआर प्रविधिमार्फत मात्रै मासिक डेढ खर्ब रूपैयाँभन्दा बढीको डिजिटल कारोबार हुनुले नेपालमा डिजिटल भुक्तानीको पहुँच र विश्वास कुन स्तरमा पुगेको छ भन्ने स्पष्ट पार्छ ।
नेपालमा डिजिटल बैंकिङको यो जग बसाल्ने र एटिएम कार्डको सुरुवात गर्ने अग्रणी संस्था हो– स्मार्ट च्वाइस टेक्नोलोजिज । २५ वर्षको ऐतिहासिक यात्रा पूरा गरी २६औं वर्षमा प्रवेश गरिरहँदा एससीटीले नेपालको फिनटेक क्षेत्रको रूपान्तरण तथा क्यासलेस इकोनोमीको विकासका लागि पुर्याएको योगदान ठूलो छ ।
आजको यस वित्तीय संवादमा कुराकानीमा हामी नेपालमा फिनटेकको वर्तमान अवस्था, एससीटीका सेवा तथा उपलब्धिहरू, वित्तीय प्रविधि (फिनटेक)को दायरा र डिजिटल भुक्तानी बढ्दै जाँदा चुलिँदै गएको साइबर सुरक्षा चुनौतीका विषयमा केन्द्रित हुनेछौं । विशेषगरी क्यूआर कोडसँग जोडिएका सुरक्षा जोखिम, प्रयोगकर्ताले अपनाउनुपर्ने सावधानी र आधुनिक डिजिटल वित्तीय साक्षरताका विषयमा छलफलका लागि…… ।
यी विषयमा बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामाबीमा स्मार्ट च्वाइस टेक्नोलोजिज् लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेसँग गरिएको कुराकानी :