काठमाडौं, ११ असोज । चालू आर्थिक वर्ष (आव) २०८३/८४ को २ महिनामै ३ अर्बभन्दा बढीको कफी, चिया र मसलाजन्य सामग्री निर्यात भएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालू आवको भदौ मसान्तसम्म ३ अर्ब ४ करोड २० लाख रुपैयाँ बराबरको २ हजार ३४ मेट्रिक टन कफी, चिया र मसलाजन्य सामग्री निर्यात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा २२ दशमलव ५९ प्रतिशतले बढी हो । गत आवको दुई महिनामा १ अर्ब ८९ करोड ४९ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।
निर्यात हुने मसलाजन्य वस्तुमा अलैंची, कालो चिया र ताजा अदुवा सबैभन्दा धेरै रहेको छ । भदौसम्ममा १ अर्ब ६५ करोड ३४ लाख रुपैयाँ बराबरको ९०७ मेट्रिक टन अलैंची निर्यात भएको छ । गत आवको दुई महिनामा ८५ करोड ९६ लाखको मात्रै अलैंची निर्यात भएको थियो ।
यसैगरी, चालू आवको भदौसम्ममा ९९ करोड १२ लाख मूल्य बराबरको ३ हजार ६१२ मेट्रिक टन अन्य (कालो चिया) निर्यात भएको छ । त्यस्तै, २१ करोड ८० लाखको ३ हजार २३४ मेट्रिक टन अदुवा र ५ करोड २१ लाख मूल्य बराबरको ३८ मेट्रिक टन ग्रिन टी निर्यात भएको छ । विभागका अनुसार २ करोड १३ लाख बराबरको ८९ मेट्रिक टन कफी निर्यात भएको छ ।
.