casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

बिफिनको सातौ वार्षिकोत्सव सम्मेलन सम्पन्न (भिडियो रिपोर्ट)

अनलाइनसमय |
३० साउन २०८२
बिफिनको सातौ वार्षिकोत्सव सम्मेलन सम्पन्न (भिडियो रिपोर्ट)

काठमाडौं, ३० साउन । बैंकिङ, फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन)को सातौं वार्षिकोत्सव विशेष सम्मेलन सम्पन्न भएको छ । बिहीबार काठमाडौंमा बिफिनले वार्षिकोत्सव सम्मेलन आयोजना गरेको हो । सम्मेलनको मूल थीम ग्लोबल इकोनोमिक एन्ड टेक्नोलोजिकल ल्यान्डस्केप : स्ट्रेन्थेनिङ ग्रोथ, इन्स्योरिङ स्ट्याब्लिटी एन्ड इम्ब्य्रासिङ इन्नोभेसन रहेको थियो ।

सम्मेलनमा स्वागत मन्तव्य राख्दै बिफिनका प्रबन्ध निर्देशक आत्रियले संस्थाको ७ वर्षको यात्रामा बैंक, वित्त तथा बिमा क्षेत्रको दिगो विकास विस्तार नीति, अनुसन्धान तथा तालीम कार्यक्रममार्फत गरिएको प्रयास ऐतिहासिक तथा उपलब्धिपूर्ण रहेको बताए ।

बिफिनले नेपालको वित्तीय क्षेत्रको व्यवस्थित, सुदृढ एवं प्रतिस्पर्धी क्षमता विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । संस्थाले हालसम्म नेपालमा मात्र नभएर विभिन्न मुलुकमा दर्जनौं कार्यक्रम आयोजना गरिसकेको छ । पछिल्लो समय वित्तीय क्षेत्रमा देखिएका वैश्विक चुनौती र समस्याको सम्बोधनका लागि बिफिनले नियामक निकायहरू, नीति निर्माता र सम्बद्ध संस्थाहरुबीच साझा प्रयास र सहकर्यको आवस्यकता औंल्याएको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका सञ्चालक रवीन्द्र प्रसाद पाण्डेले बैंक तथा वित्तीय क्षेत्रमा अहिले जलवायु परिवर्तनका जटिल चुनौती देखापरेको भन्दै यसको सम्बोधनका लागि डिजिटलाइजेसन, इन्नोभेसन, ब्लक चेन, एआई जस्ता आधुनिक प्रविधिको प्रयोग आत्मसात् गर्नुपर्नेमा जोड दिए ।

यसैगरी राष्ट्र बैंककै सञ्चालक चिन्तामणि शिवाकोटीले वित्तीय क्षेत्रका समस्या र चुनौतीको व्यवस्थापनका लागि नयाँ जलवायुमैत्री उपाय अपनाउँदै जानुपर्ने औंल्याए । अबको बाटो जलवायु वित्त तथा कार्बन इकोनोमी भएको उनले उल्लेख गरे ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले अहिले विश्वव्यापी रूपमै सामरिक तथा भुराजनीतिले वित्तीय क्षेत्रमा अनिश्चितता निम्त्याएको बताए ।

साथै पछिल्लो समय बढ्दै गएको फिनटेकले वित्तीय क्षेत्रमा ल्याएका परिवर्तन क्षेत्रका लागि ठूलो उपलब्धि रहे पनि साइबर सुरक्षाका जोखिम भने चुनौतीको रूपमा रहेको श्रेष्ठले उल्लेख गरे ।

कार्यक्रमका विफिन्द्वारा प्रकाशित नयाँ संस्करणको वित्तीय जर्नल अनावरण गरिएको थियो । जसमा वित्तीय क्षेत्रका अनुसन्धानात्मक लेख/विशलेषण समेटिएका छन् ।

सम्मेलनमा बिफिन र इसीमोडबीच सहकार्यको सम्झौता भएको छ । सम्झौतापत्रमा विफिनका प्रबन्ध निर्देशक आत्रेय र ईसिमोडका डेपुटी महानिर्देशक इजाबेला कोजीलले हस्ताक्षर गरे । पछिल्लो समय जलवायु परिवर्तनले हिन्दुकुश हिमालय क्षेत्र तथा वित्तीय क्षेत्रमा पारेका प्रभाव न्यूनीकरणका लागि सहकार्य गर्नु सम्झौताको उद्देश्य रहेको छ ।

सम्मेलनको पहिलो खण्डमा बैंक तथा वित्तीय क्षेत्रका विविध समसामयिक विषयका विभिन्न पाँच ओटा टेक्निकल सत्र सञ्चालन भएका थिए । जसमा माइक्रोइकोनोमिक आउटलुक २०२५, इनोभेटिभ ग्रीन फाइनान्सिङ इन एक्शन, द रोल अफ बिएफआईएस इन ड्राइभिङ नेशनल इकोनोमिक ग्रोथ, लेशन फ्रम फानन्सियल क्राइसिस र रिथिंकिङ द फ्युचर अफ माइक्रोफाइनान्स रहेका थिए ।

नेपालका बैंक, वित्त, बिमा लगायत दर्जनौं संस्थाको सहकार्य रहेको सम्मेलनको मीडिया पार्टनरमा हिमालय टेलिभिजनको वित्तीय साक्षरतामूलक कार्यक्रम वित्तीय शिक्षा रहेको थियो ।

हिमालय टेलिभिजनमा बिहीबार प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो रिपोर्ट :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun