काठमाडौं, २ फागुन । दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
रुपन्देहीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा देवदह नगरपालिका–३ गौरी टोल बस्ने २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोबिन्द थापालाई प्रहरीले गरिएको प्रहरीले जनाएको छ । उनीहरूले ती बालिकालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
त्यस्तै दाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला बस्ने २२ वर्षीय चन्द्र प्रसाद नाथलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
चन्द्र प्रसादले ती बालिकालाई सोही गाउँपालिका–४ बगब्डवास्थित रानीवनको जंगलमा लगेर बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमो आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।