चुनौतीपूर्ण बन्दै अधिक तरलता व्यवस्थापन (भिडियो रिपोर्ट)
अनलाइनसमय |
१० पुष २०८१
काठमाडौं, १० पुस । नेपालको बैंकिङ प्रणालीमा तरलता व्यवस्थापन सधैंजसो चुनौतीको विषय बन्दै आएको छ । तर अहिले अहिलेको तरलता समस्याको प्रकृति फरक छ । विगतका वर्षहरूमा प्रायः बैंकहरूले तरलता अभावको सामना गर्ने गरेकोमा एक वर्षयता भने बैंकहरूलाई अधिक तरलताले अत्याएको छ । कर्जाको माग नहुँदा निक्षेपको खर्बौं रकम अहिले बैंकमै थुप्रिएको छ । कर्जाको रूपमा विस्तार भई अर्थतन्त्रमा दिगो योगदान पुर्याउनुपर्ने पैसा बैंकमै थुप्रिरहँदा यसको व्यवस्थापन समग्र आर्थिक तथा वित्तीय प्रणालीकै लागि चुनौती बनेको छ । (कार्यक्रम वित्तीय शिक्षाको भिडियो रिपोर्ट)