काठमाडौं, ११ कात्तिक । चालू आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो त्रैमासमा नेपालले ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३८ दशमलव १८ प्रतिशतले बढी हो । गत आवको असोजसम्ममा ४ खर्ब ६८ अर्ब ८ करोडको व्यापार भएको थियो ।
त्यस्तै, यो वर्ष निर्यात उल्लेख्य बढेको छ । गत आवको असोसम्मको तुलनामा यो वर्षको सोही अवधिमा निर्यात ५७ दशमलव ०३ प्रतिशतले बढेको छ । विभागका अनुसार चालू आवको असोजसम्ममा नेपालबाट १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७२ अर्ब ७८ करोड मात्रै थियो ।
नेपालले चालू आवको साउनदेखि असोज मसान्तसम्ममा कुल ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ४० दशमलव ७१ प्रतिशतले बढी हो । गत आवको तीन महिनामा नेपालले ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँको व्यापार गरेको थियो ।
चालू आवको सोजसम्ममा ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ, जुन गत आवको माघसम्मको तुलनामा ३४ दशमलव ७१ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा नेपाल वैदेशिक व्यापारमा ३ खर्ब ९५ करोड रुपैयाँको घाटामा थियो ।