उद्यमशीलता प्रवर्द्धनमा के गर्दै छन् लघुवित्त संस्था ? (अन्तरवार्ता)

अनलाइनसमय |
१६ असोज २०८३
उद्यमशीलता प्रवर्द्धनमा के गर्दै छन् लघुवित्त संस्था ? (अन्तरवार्ता)

काठमाडौं, १६ असोज । गत भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीले ग्रामीण जीवन तहसनहस बनाउनुका साथै साना उद्यमी, व्यापारी र विपन्न परिवारलाई गहिरो आर्थिक संकटमा धकेलेको छ, जसको सीधा असर प्रत्यक्ष रूपमा तल्लो वर्गसम्म जोडिएका लघुवित्त संस्थाहरू र तिनका सदस्यहरूमा परेको छ । यो प्राकृतिक विपत्तिपछि प्रभावितहरूको जनजीवन सहज बनाउन तथा उनीहरूलाई पुनः आर्थिक गतिविधिमा फर्काउन लघुवित्त संस्थाहरूले कर्जा पुनःसंरचना, राहत तथा पुनःस्थापना प्याकेज र सहुलियतपूर्ण वित्तीय सहायता उपलब्ध गराएर उद्धारकर्ताको भूमिका खेल्नुपर्ने आवश्यकता छ ।

एकातिर हालै सार्वजनिक वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा समग्र लघुवित्तको खुद नाफा १५० प्रतिशतभन्दा बढीले बढेर क्षेत्रगत पुनरुत्थानको संकेत गरे पनि, अर्कोतिर कतिपय लघुवित्तमा खराब कर्जा २० प्रतिशतभन्दा माथि पुग्नु र गैर–बैंकिङ सम्पत्ति थपिँदै जानुले यस क्षेत्रभित्र गहिरो संरचनात्मक जोखिम अझै कायमै रहेको देखाउँछ । बहु–बैंकिङ सदस्यहरूको ऋण भुक्तानी क्षमतामा आएको ह्रास र उठ्न नसकेको पुराना ऋणका कारण सिर्जित यो उच्च खराब कर्जाको जोखिमलाई व्यवस्थापन गर्दै बाढी प्रभावित सदस्यहरूलाई वित्तीय टेवा पु¥याउनु नै अहिले लघुवित्त क्षेत्रको मुख्य चुनौती र प्राथमिक दायित्व बनेको छ । यसै विषयमा हिजो बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा नेशनल लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत तथा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवसँग गरिएको कुराकानी :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस