बागमतीका राप्रपा सांसद पदमुक्त नभएको ज्ञानेन्द्र शाहीको दाबी

अनलाइनसमय |
९ भदौ २०८३
बागमतीका राप्रपा सांसद पदमुक्त नभएको ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं, ९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले बागमती प्रदेश सभामा राप्रपाका सांसदहरु बहाल नै रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले बागमती प्रदेशका सांसद पद्मुक्त नभएको र कारबाहीका लागि पार्टीले बागमती प्रदेशसभा सचिवालयमा निवेदन मात्र बुझाएको बताएका छन् ।

‘निवेदन बुझाउँदैमा सांसद पदमुक्त हुँदैन, सभामुखबाट औपचारिक निर्णय वा कानुनी प्रक्रियाअनुसार निर्वाचन आयोगबाट पदमुक्त भएको औपचारिक घोषणा नभएसम्म पनि पदमुक्त भएको भनेर प्रचार गर्नु उचित हुँदैन,’ उनले भनेका छन्, ‘सम्बन्धित निकायबाट पदमुक्त भएको घोषणा नभएसम्म उहाँलाई पदमुक्त भयो भनेर समाचार बनाउनु र देशभर गलत सन्देश फैलाउनु कत्तिको जायज हो ?’

उनले पार्टीका आधिकारिक व्यक्ति र जिम्मेवार नेताहरूले नै तथ्य नबुझी गलत सूचना फैलाउन थालेको भन्दै यसले पार्टी बलियो नहुने बताएका छन् ।

‘पार्टीले कारबाही गर्न सक्छ, तर कारबाहीको निवेदन बुझाउँदैमा सांसद पदमुक्त भएको मानिँदैन,’ उनले भनेका छन्, ‘अझ महत्वपूर्ण कुरा—उहाँहरू जनताबाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ, उहाँहरूको पदको आधार जनताको मत हो । त्यसैले भावनामा होइन, तथ्यमा बोलौँ । गलत सूचना होइन, सत्य कुरा प्रचार गरौँ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस