देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अनलाइनसमय |
२५ चैत २०८२
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, २५ चैत । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिइएको हो ।

देउवा दम्पती अहिले विदेशमा छन् । गत फागुन २१ को चुनावअघि देउवा दम्पत्ति स्वास्थ्य उपचार गराउन भन्दै सिंगापुर गएका थिए । उनीहरु त्यहाँबाट हङकङतर्फ लागेको समाचार पनि सार्वजनिक भएको थियो ।

गत २४ भदौमा जेन–जी विद्रोहका क्रममा देउवाको निवासमा आगजनी भएको थियो । त्यसक्रममा उनको निवासमा पैसा जलेको अवस्थामा भेटिएको थियो । त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले देउवा निवासमा पुगेर मुचुल्का समेत उठाएको थियो । विभागले पत्राचारपछि अहिले यसको अनुसन्धान सीआईबीले अघि बढाएको छ ।

गत भदौ २४ कै घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाली कांग्रेसकै नेता दीपक खड्कालाई पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस