काठमाडौं, ७ भदौ । चालू आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो महिना साउनमा नेपालले १०७ मुलुकसँग व्यापार गरेको छ, जसमध्ये ८६ मुलुकसँग व्यापार घाटा बेहोेरेको छ । बाँकी मुलुकसँग भने बचतमा छ ।
साउनमा छिमेकी मुलुक भारतसँग मात्रै नेपालले ६९ अर्ब १८ करोड बराबरको घाटा बेहोरेको छ । एक महिनामा नेपालले भारतबाट १ खबृ २ अर्ब ४५ करोड मूल्य बराबरको वस्तु आयात गरेको छ भने भारततर्फ ३३ अर्ब २६ करोडको निर्यात गरेको छ ।
त्यस्तै, चीनसँगको साउन मसान्तसम्मको व्यापार घाटा ३१ अर्ब ५३ करोड छ । चीनबाट ३१ अर्ब ७४ करोडको आयात हुँदा २१ करोड २६ लाख बराबरको मात्रै निर्यात भएको छ ।
अर्जेन्टिनासँग १३ अर्ब ८४ करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ ।
यी हुन् व्यापार घाटा बेहोरेका प्रमुख १० मुलुक रकम (रू. करोडमा)

यसैगरी, नेपालको सबैभन्दा बढी व्यापार बचत डेनमार्कसँग छ । असोजसम्ममा नेपाल डेनमार्कसँग ८ करोड २ रुपैयाँ बराबरको व्यापार बचतमा छ । सो अवधिमा डेनमार्कबाट २ करोड ४२ लाखको आयात हुँदा १० करोड ४५ लाखको निर्यात भएको छ ।
त्यस्तै टर्कीसँग ५ करोड ७७ लाख , अष्ट्रियासँग १ करोड ६२ लाख, नर्वेसँग १ करोड २४ लाख, केन्यासँग १ करोड १४ लाख र आयरल्याण्डसँग ४२ लाख ४० हजार रुपैयाँको बचतमा छ ।