गुण्डागर्दी नियन्त्रण अभियानः ‘सानुभाइ’सहित १८ जना पक्राउ

अनलाइनसमय |
२२ चैत २०८२
गुण्डागर्दी नियन्त्रण अभियानः ‘सानुभाइ’सहित १८ जना पक्राउ

काठमाडौं, २२ चैत । काठमाडौँमा गुण्डागर्दी नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष अभियान अन्तर्गत ‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङसहित १८ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाका अनुसार गुरुङलाई गएराति सामाखुसी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

नुवाकोटको ककनी गाउँपालिका–५ स्थायी घर भएका ३३ वर्षीय गुरुङ हाल टोखा स्थित सुर्यदर्शन हाइटमा बस्दै आएका थिए । उनी यसअघि पनि पटक–पटक पक्राउ परेर छुट्दै आएका व्यक्ति हुन् ।

प्रहरीका अनुसार गुरुङ कुख्यात व्यक्तित्व कुमार श्रेष्ठ ‘घैँटे’का नजिकका सहयोगी मानिन्छन् । ‘घैँटे’ प्रहरी इन्काउन्टरमा मारिएपछि गुरुङ बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्ने गरेका थिए । हालसम्म उनी आठौँ पटक पक्राउ परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस