धितोपत्र बजारमा कसरी प्रवेश गर्ने ? जोखिमबाट कसरी बच्ने ? (अन्तरवार्ता)

अनलाइनसमय |
६ वैशाख २०८२
धितोपत्र बजारमा कसरी प्रवेश गर्ने ? जोखिमबाट कसरी बच्ने ? (अन्तरवार्ता)

काठमाडौं, ६ वैशाख । धितोपत्र बजारलाई लगानी र पूँजी निर्माणको महत्वपूर्ण माध्यम मानिन्छ । सानो पूँजीबाटै प्रवेश गर्न सकिने हुँदा नेपालको धितोपत्र बजारमा पनि लगानीकर्ताको सहभागिता बढ्दै गएको छ । तर अन्य क्षेत्र जस्तो धितोपत्र बजार पनि जोखिमयुक्त र संवेदनशील हुन्छ । बजारसँग सम्बन्धित कुनै पनि स–साना समाचार, अभिव्यक्ति र रिपोर्टले पनि बजारलाई असन्तुलित, अस्थिर र अत्यन्त प्रभावित पार्ने गरेको छ । यस्तोमा माग र आपूर्ति सन्तुलनमा राख्नु निकै चुनौतीपूर्ण हुने गर्छ । हो, बजारमा हुने यस्तै असन्तुलन र उतारचढाव नियन्त्रण तथा व्यवस्थापनका लागि स्टक डिलरको ठूलो भूमिका हुन्छ । स्टक डिलरलाई बजार निर्माता समेत भनिन्छ । हाल नेपालमा पनि दुईओटा स्टक डिलर सञ्चालनमा छन् । त्यसमध्ये एक हो नबिल स्टक डिलर । नेपालको धितोपत्र बजारको प्रकृति कस्तो छ, जोखिम र संवेदनशीलताको हिसाबले हाम्रो बजार कुन अवस्थामा छ, बजारमा यस संस्थाले कस्तो भूमिका खेल्दै आएको छ, स्टक डिलरका चुनौती के के छन् ? लक्ष्य र उद्देश्य अनुसार यस्ता संस्थाको भूमिका कसरी बढाउन सकिन्छ ? यस विषयमा हिमालय टेलिभिजनबाट बिहीबार प्रसारण भएको वित्तीय शिक्षा कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत, नबिल स्टक डिलर लिमिटेडका ज्योतिमान श्रेष्ठसँग गरिएको कुराकानी ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस