कारोबार रकमसँगै बढ्यो नेप्से परिसूचक

अनलाइनसमय |
८ मंसिर २०८३
कारोबार रकमसँगै बढ्यो नेप्से परिसूचक

काठमाडौं, ८ मंसिर । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ दशमलव ३९ अङ्कले घटेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ६३८ दशमलव ९५ को विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन परिसूचक २ दशमलव २६ अङ्कले बढेर २,६२३ को विन्दुमा कायम भएको थियो ।

आज परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ३ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ५ अर्ब ५५ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ४६ लाख ७० हजार १७७ कित्ता शेयर ५२ हजार ३८७ पटक किनबेच भएको छ ।

मंगलबार ३५० धितोपत्र कारोबारमा आए, जसमध्ये १६५ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै १११ धितोपत्रको मूल्य बढेको छ भने ३ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये माइक्रोफाइनान्स र अन्य समूहको उपसूचक बाहेक सबै समूहको उपसूचक बढेको छ । यस दिन बैंकिङ समूहको उपसूचक सबैभन्दा धेरै १ दशमलव २४ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंकको १.०४, व्यापार समूहको ०.९७, होटल एण्ड टुरिजमको ०.९४, उत्पादनमुलक समूहको ०.६१ र हाइड्रोपावर समूहको उपसूचक १.४६ प्रतिशतले बढेको छ ।

मंगलबार एभरेष्ट कलर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ५ दशमलव ०५ प्रतिशतले बढेको छ । त्यस्तै, माउन्टेन हाइड्रोको ३.४२, सिटी होटलको ३.०९, जनउत्थान सामुदायिक लघुवित्को ३.०९ र हिमालयन डिस्टिलरीको ३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज मानुसी लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ८ प्रतिशतले घटेको छ । त्यस्तै, मेन्छियम हाइड्रोपावरको ७.२७, ओम मेघश्री फर्मास्युटिकल्सको ३.६७, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३.५१ र मुक्तिनाथ कृषि कम्पनीको ३.१७ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस