काठमाडौं, २ वैशाख । थाइल्यान्डबाट काठमाडौं आएका भारतीय नागरिक करिब ७ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतीय नागरिक २७ वर्षीय भिसाक भिजयन छन् । उनलाई सोमबार राति विमानस्थलको टनेल गेटबाट ६ किलो ९७० ग्राम गाँजासहित पक्राउ गरेको हो ।
थाई एयरको उडानद्वारा बैंकक हुँदै नेपाल आएका उनलाई जाँच गर्ने क्रममा लगेजबाट उक्त गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । भिजयनलाई थप अनुसन्धानका लागि लागुअषौध ब्युरो कोटेश्वर पठाइएको छ ।