काठमाडौं, ११ मंसिर । अनिश्चितता र जोखिम हरेक मानिस र व्यवसायको जीवनको अभिन्न हिस्सा हुन् । विपत्ति वा दुर्घटनापछि आइपर्ने आर्थिक भार कम गर्न निर्जीवन बीमाको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । पछिल्लो समय नेपालको बीमा क्षेत्र परम्परागत दायराभन्दा बाहिर निस्किएको छ । प्रणालीलाई थप समावेशी, प्रविधिमैत्री र जोखिमकेन्द्रित बनाउने प्रयास भइरहेका छन् ।
यसै क्रममा ‘वन्यजन्तु जोखिम बीमालेख’ ल्याइएको छ । यसले निकुञ्ज र आरक्षका मध्यवर्ती क्षेत्रका बासिन्दा तथा किसानलाई वन्यजन्तुबाट हुने क्षतिबाट जोगाउन मद्दत गर्नेछ । राज्यले राहतका नाममा बर्सेनि करोडौँ रुपैयाँ खर्च गरिरहेको छ । यो व्ययभारलाई व्यवस्थित गर्दै पीडितलाई छिटो क्षतिपूर्ति दिन वन्यजन्तु बीमालेख कोसेढुंगा सावित हुने अपेक्षा छ ।
यसैगरी ग्रामीण किसानसम्म सेवा पु¥याउन लघुबीमा कम्पनीमार्फत कृषि, पशुपन्छी तथा जडीबुटी बीमा विस्तार गरिँदैछ । साथै, विद्युतीय सवारीसाधन (ईभी)का लागि छुट्टै बीमालेख ल्याउने बहस पनि चलिरहेको छ । परम्परागत अभिकर्ता प्रणालीको विकल्पमा डिजिटल तथा वैकल्पिक वितरण प्रणालीको सम्भावना खोजी भइरहेको छ । नेपाल उच्च जलवायु जोखिममा रहेको मुलुक हो । बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिबाट नागरिकलाई जोगाउन बीमा झन् आवश्यक बनेको छ ।
यसै विषयमा हिजो बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा नेपाल बीमा प्राधिकरणका निर्देशक तथा बीमालेख महाशाखा प्रमुख निर्मल अधिकारीसँग गरिएको कुराकानी :