साताको अन्तिम दिन ८.५७ अंकले घट्यो नेप्से

अनलाइनसमय |
११ मंसिर २०८३
साताको अन्तिम दिन ८.५७ अंकले घट्यो नेप्से

काठमाडौं, ११ मंसिर । कारोबारको अन्तिम दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ८ दशमलव ५७ अंकले घटेर दुई हजार ६२८ दशमलव १७ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ३१ लाख ९८ हजार ७५७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८२ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार हुँदा ५ अर्ब ४८ करोड ९५ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज ५९ धितोपत्रको शेयर मूल्य बढ्दा २०३ को घटेको छ । यस्तै १७ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३५३ धितोपत्र कारोबारमा आएका छन् ।

शुक्रबार १३ समूहको उपसूचकमध्ये ११ को घटेको छ भने २ उपसूचक मात्र बढेको छ । यसदिन विकास बैंक समूह सर्वाधिक शून्य दशमलव ७६ प्रतिशतले घटेको छ ।

आज एनआइसी एशिया बैंक ६ दशमलव ०८, माण्डु हाइड्रोपावार ४ दशमलव ७६, बेस्ट फाइनान्स ४ दशमलव ३०, उपकार लघुवित्त ३ दशमलव १ र माथिल्लो मेलुन खोला जल विद्युत्को शेयर मूल्य ३ दशमलव ०६ प्रतिशतले बढेको छ ।

यसदिन सोपन फर्मास्युटिकल्स सिदार्थ इन्भेष्टभेन्ट ग्रोथ ५ दशमलव २६, एनआइसी एशिया सेलेक्ट फण्ड (३०) ४ दशमलव ६६, यूनिक नेपाल लघुवित्त ४ दशमलव ६४ र बेनी हाइड्रोपावारको शेयर मूल्य ४ दशमलव २७ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस