काठमाडौं, ११ मंसिर । शुक्रबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ३ हजार ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बजारमा सुन प्रतितोला सुन प्रतितोला दुई लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आजको बजारमा चाँदी प्रतितो १२० रुपैयाँले बढेर तीन हजार १९५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बिहिबारको बजारमा चाँदी प्रतितोला तीन हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।