उद्योगहरुको औसत क्षमता उपयोग ४८.१३ प्रतिशत

अनलाइनसमय |
९ मंसिर २०८३
उद्योगहरुको औसत क्षमता उपयोग ४८.१३ प्रतिशत

काठमाडौं, ९ मंसिर । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष (आव) २०८३८४ मा उद्योगहरुको औसत क्षमता उपयोग ४८ दशमलव १३ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष २०८१÷८२ मा औसत क्षमता उपयोग ५१.४३ प्रतिशत रहेको थियो ।

गत आवमा राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा समेटिएका १९२ उद्योगमध्ये भटमास तेल उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९२ दशमलव ४१ प्रतिशत रहेको छ भने वनस्पती घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम २ दशमलव ३६ प्रतिशत रहेको छ ।

अध्ययनले समेटेका उद्योगहरुमध्ये भटमासको तेल, गहुँको पिठो, पशुदाना, विस्कुट, चिनी, चाउचाउ, प्रशोधित चिया, मदिरा, वियर, हल्का पेय पदार्थ, धागो, पश्मिना, गार्मेण्ट, गलैंचा, काठ चिरान, रोजिन, रंग, ईटा, सिमेण्ट, कंक्रीट, घरेलु धातुका सामान, आल्मुनियम उत्पादन, टान्सफर्मर र कपडाको जुत्ता उत्पादन गर्ने ज्ञट उद्योगको क्षमता उपयोग बढेको छ ।

वनस्पति घिउ, तोरीको तेल, प्रशोधित दूध, चामल, चकलेट, चुरोट, सिन्थेटिक कपडा, जुटका सामान, प्लाईउड, कागज, औषधी ट्याबलेट, क्यापसुल, ओइन्टमेण्ट, ड्राई सिरप, लिक्विड, साबुन, प्लाष्टिकका सामान, पोलिथिन पाइप, फलामको छड तथा पत्तिको सामान, स्टिलजन्य उत्पादन, जि.आई तार, जि.आई पाइप, बिजुलीका तार र केबुल, टायर तथा ट्युव, छालाको जुत्ता र चप्पल, उत्पादन गर्ने उद्योगको क्षमता उपयोग घटेको छ ।

समीक्षा वर्षमा कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको उद्योगको औसत क्षमता उपयोग बढेको छ भने बागमती र कर्णाली प्रदेशको उद्योगको औसत क्षमता उपयोग घटेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस