आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

अनलाइनसमय |
९ मंसिर २०८३
आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

काठमाडौं, ९ मंसिर । न्याय सुनिश्चित गर्न, पीडितको संरक्षण गर्न र दण्डहीनताको अन्त्य गर्ने संकल्पका साथ नेपालमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय तथा नेपालस्थित संयुक्त राष्ट्र संघको संयुक्त आयोजनामा ललितपुरको पुल्चोकस्थित द प्लाजामा एक विशेष कार्यक्रम गरी अभियानको शुभारम्भ गरिएको हो।

“महिला तथा किशोरीविरुद्ध हुने हिंसा अन्त्यका लागि ऐक्यबद्धता न्याय सुनिश्चित गरौँ, पीडित तथा प्रभावितको संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ” भन्ने मूल नाराका साथ अभियान सुरु गरिएको हो ।

अभियानको सुरुवाती कार्यक्रममा हिंसा पीडित तथा प्रभावितहरूले न्यायमा पहुँच पुर्‍याउन सामना गर्नुपरेका अवरोधहरू, हिंसाका कारण बेहोर्नुपर्ने सामाजिक तथा आर्थिक लागत र आगामी कार्यदिशाबारे बृहत् विमर्श गरिएको थियो।
आज बिहान साढे १० बजेदेखि दिउँसो १ बजेसम्म चलेको उक्त कार्यक्रममा सरकारका प्रतिनिधि, विकास साझेदार, युवा अभियन्ता, नागरिक समाज संस्था, निजी क्षेत्र तथा अन्य प्रमुख सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस