काठमाडौं, ९ मंसिर । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा पुनः घटेको छ । आज सुनको मूल्य प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ कायम भएको छ । हिजो मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेर ३ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार १४५ रुपैयाँमा कारोबार भएको थियो ।