कस्तो रहला आज दिनभरको मौसम ?

अनलाइनसमय |
९ मंसिर २०८३
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं, ९ मंसिर । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अहिले देशको हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहेको छ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।

विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशका साथै कोशी, गण्डकी,बागमती, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ् भने बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ ।

त्यस्तै, आज राती कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ । बिहानपख उपत्यका र खोँचहरूका साथै तराई भू–भागका थोरै स्थानमा स्थानमा हुस्सु तथा कुहिरो लाग्ने विभागले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस