तीन महिनामा उद्योग क्षेत्रमा १ खर्ब ४ अर्ब लगानी प्रस्ताव

अनलाइनसमय |
२९ कार्तिक २०८३
तीन महिनामा उद्योग क्षेत्रमा १ खर्ब ४ अर्ब लगानी प्रस्ताव

काठमाडौं, २९ कात्तिक । चालू आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो त्रैमासमा उद्योग क्षेत्रमा एक खर्बभन्दा बढी लगानीको प्रस्ताव आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार विभागमा दर्ता भएका स्वदेशी तथा विदेशी गरी १९५ वटा उद्योगका लागि १ खर्ब ४ अर्ब २७ करोड रुपैयाँ लगानीको प्रस्ताव आएको हो ।

विभागको त्रैमासिक प्रतिवेदनअनुसार साउनदेखि असोज मसान्तसम्ममा ठुला १४, मझौला २२ र साना एक सय ५९ वटा उद्योग दर्ता भएका छन् । यी उद्योगहरू सञ्चालनमा आउँदा कुल १० हजार २२० जनालाई रोजगारी पाउने अनुमान छ ।

यसैगरी, तीन महिनामा विभागबाट कुल ४२२ वटा विदेशी लगानीका परियोजना स्वीकृत भएका छन् । जसमा अप्रुभल रुटबाट १२ वटा र स्वचालित मार्गबाट ४१० वटा परियोजना स्वीकृत भएको विभागले जनाएको छ । विदेशी लगानीतर्फ कुल १५ अर्ब ८७ करोड रुपैयाँ भित्रिने प्रस्ताव गरिएको छ भने ती परियोजनाहरूबाट ५ हजार १२९ जनाले रोजगारी पाउने अनुमान गरिएको छ ।

त्यस्तै, तीन महिनामा १ हजार ८७४ वटा ट्रेडमार्क दर्ता भएका छन् । सो अवधिमा विभागले ट्रेडमार्कसम्बन्धी ७८ वटा मुद्दाको कारबाही अगाडि बढाएको छ । यस्तै, १८ वटा प्रारम्भिक वातावरणीय परीक्षण सम्पन्न गर्नुका साथै भारत तथा चीनमा रियायती निर्यातका लागि ३९ वटा ‘सर्टिफिकेट अफ ओरिजिन’ सिफारिस गरेको छ । विभागका अनुसार समीक्षा अवधिमा ५ वटा कच्चा पदार्थ खपत नम्र्स निर्धारण तथा पुनरावलोकन गरिएको छ भने ३५ पटक उद्योगहरूको नियमित अनुगमन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस