काठमाडौं, २९ कात्तिक । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा एक हजार ५०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ । चाँदी तोलामा तीन हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।