कमलपोखरीमा छठ पूजा सुरु, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु (तस्बिरहरू)

अनलाइनसमय |
२९ कार्तिक २०८३
कमलपोखरीमा छठ पूजा सुरु, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु (तस्बिरहरू)

काठमाडौं, २९ कात्तिक । काठमाडौंको कमलपोखरीमा छठ पूजाका लागि भक्तजनको चहलपहल बढेको छ । छठ पर्वको मुख्य दिन आज व्रतालु तथा श्रद्धालुहरू कमलपोखरीमा भेला भएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै पूजा आराधना गरिरहेका छन् ।

छठ पर्वका लागि कमलपोखरीलाई आकर्षक रूपमा सजाइएको छ । पूजासामग्रीसहित घाटमा पुगेका भक्तजनहरूले सूर्यदेवको उपासना गर्दै छठी माताको पूजा गरिरहेका छन् । छठ पूजाका लागि कमलपोखरीमा विशेष घाट निर्माण गरी आवश्यक व्यवस्थासमेत मिलाइएको छ ।

कमलपोखरीसँगै उपत्यकाका विभिन्न नदी, पोखरी तथा जलाशय किनारमा पनि छठ पूजाका लागि घाट सजाइएको छ । तराई–मधेशका जिल्लाहरूमा समेत श्रद्धालुहरू जलाशय किनारमा भेला भएर छठ पर्व मनाइरहेका छन् ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा छ । आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरेपछि भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइनेछ । त्यससँगै यस वर्षको छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस