काठमाडौं, २७ कात्तिक । सरकारले छठ पर्वको अवसरमा आगामी सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै २०८३ कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा दिने जानकारी गराएको हो ।
मन्त्रालयका अनुसार छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्ने धार्मिक परम्परा छ । सोही परम्परालाई ध्यानमा राख्दै सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
यस वर्ष छठ पर्वका विधिअनुसार शुक्रबार नहाय–खाय, शनिबार खरना, आइतबार अस्ताउँदो सूर्यलाई अर्घ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि पर्व सम्पन्न हुनेछ ।