सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त

अनलाइनसमय |
२७ कार्तिक २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त

काठमाडौं, २७ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा चार जनालाई नियुक्त गरेका छन् ।

न्यायपरिषद्को सिफारिसअनुसार राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा (२) बमोजिम उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

नवनियुक्त न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस