काठमाडौँ, १५ जेठ । सरकारले भन्सार दर ७ तहमा सीमित पारेको छ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् । अर्थमन्त्री वाग्लेले विभिन्न ११ तहको भन्सार दर ७ तहमा सीमित गरेको घोषणा गरे । त्यस्तै, बजेट मार्फत विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको छ ।