Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

३२.९७ प्रतिशतले बढ्यो जीवन बीमाको व्यवसाय, साउनमा २६.६२ अर्ब बीमाशुल्क संकलन

अनलाइनसमय |
२५ भदौ २०८३
३२.९७ प्रतिशतले बढ्यो जीवन बीमाको व्यवसाय, साउनमा २६.६२ अर्ब बीमाशुल्क संकलन

काठमाडौं, २५ भदौ । चालू आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो महिना साउनमा नै जीवन बीमा कम्पनीहरूले साढे २६ अर्बभन्दा बढिको व्यवसाय गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको साउन मसान्तसम्मको तथ्याङ्कअनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनी, ३ वटा लघु जीवन बीमा कम्पनी र वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलमार्फत २६ अर्ब ६२ करोड २० लाख रुपैयाँ बराबर बीमाशुल्क संकलन भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ३२ दशमलव ९७ प्रतिशतले बढी हो । गत आवको साउनमा २० अर्ब २ करोड रुपैयाँ व्यवसाय भएको थियो ।

व्यवसायमा उठेको बीमा शुल्क मध्ये प्रथम बीमा शुल्कबाट ४ अर्ब ८९ करोड ५२ लाख रुपैयाँ संकलन भएको छ । त्यस्तै नविकरण बीमाशुल्कमार्फत २१ अर्ब ७२ करोड ६७ लाख रुपैयाँ संकलन भएको छ । साउनम ७ लाख ४१ हजार ५२१ बीमालेख जारी भएका छन् ।

जीवन बीमा व्यवसाय गर्ने १४ बीमक मध्ये सबै भन्दा धेरै व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटड रहेको छ । कम्पनीले ६ अर्ब ९९ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । दोस्रो धेरै बीमाशुल्क आर्जन गर्नेमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । कम्पनीले साउन मसान्तसम्ममा ३ अर्ब ९९ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा नेसनल लाइफले २ अर्ब ९१ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यसगरी, हिमालयन लाइफ इन्स्योरेन्सले २ अर्ब २९ करोड ४१ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले २ अर्ब १४ करोड, सूर्यज्योति लाइफले १ अर्ब ५१ करोड, एशियन लाइफले १ अर्ब ११ करोड, सिटिजन लाइफले ९६ करोड १ लाख, आईएमई लाइफले ९० करोड ९४ लाख, सानिमा रिलायन्सले ८५ करोड ४३ लाख, प्रभु महालक्ष्मीले ७६ करोड ११ लाख, रिलायबल नेपाल लाइफले ७० करोड ६६ लाख, मेट लाइफले ६० करोड २८ लाख र सन नेपाल लाइफले ४६ करोड ६९ लाखरुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

यसैगरी तीन लघुबिमक कम्पनीमा सबैभन्दा धेरै व्यवसाय गर्नेमा लिबर्टी माइक्रो लाइफ रहेको छ । साउनमा कम्पनीले ४ करोड १४ लाख रुपैयाँ बराबरको बिमाशुल्क संकलन गरेको छ । त्यस्तै, गार्डियन माइक्रोलाइफले ३ करोड ८६ लाख र क्रेष्ट माइक्रोलाइफले २ करोड १७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

साथै वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलमार्फत २९ करोड ४९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

Check out — tower rush real money game for online gambling fun