[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='single-above-news']
[gam_ad_position alias='single-above-news']

५६ दिनका लागि ५५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

अनलाइनसमय |
२४ भदौ २०८३
५६ दिनका लागि ५५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं, २४ भदौ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आज ५५ अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले ५६ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ५५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो ।

यसका लागि बुधबार मध्यान्ह ३ बजेसम्म बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा रू. १० करोड रुपैयाँ र बढीमा रू. ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी कात्तिक १८ गते हुने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

 

[gam_ad_position alias='single-after-news']
[gam_ad_position alias='single-after-news']

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='single-after-comment']
[gam_ad_position alias='single-after-comment']

खोज्नुहोस