भोटेकोशी बाढीपिडितका लागि छिमेक लघुवित्तद्वारा ४१ लाखभन्दा बढी सहयोग

अनलाइनसमय |
१९ भदौ २०८३
भोटेकोशी बाढीपिडितका लागि छिमेक लघुवित्तद्वारा ४१ लाखभन्दा बढी सहयोग

काठमाडौं, १९ भदौ । भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीका कारण प्रभावित भएका बाढीपिडितको राहत तथा उद्धारका लागि छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा रु. ४१ लाख ३९ हजार ७५२ आर्थिक सहयोग प्रदान गरेको छ ।

उक्त सहयोग रकममध्ये संस्थाको तर्फबाट तीस लाख रुपैयाँ र संस्थाका कर्मचारीहरूमार्फत सङ्कलन गरिएको एघार लाख उनन्चालिस हजार सात सय बाउन्न रुपैयाँ रहेको संस्थाले जनाएको छ ।

संस्थाले एक प्रेस विज्ञप्ति जारी गर्दै भोटेकोशीको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लाहरूमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

विपद्को यस कठिन समयमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै संस्थाले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ता भएकाहरूको सकुशल उद्धारको लागि प्रार्थनासमेत गरेको छ ।

सरकारको राहत तथा उद्धार अभियानमा सहयोग पु¥याउने उद्देश्यले यो रकम कोषमा जम्मा गरिएको र यस्तो विपद्को घडीमा सम्पूर्ण प्रभावित नागरिक, सदस्यहरू तथा कर्मचारी र तिनका परिवारको साथमा संस्था सदैव उभिने विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस