बाढीपीडितको उद्धारमा नासा सेक्युरिटिजद्वारा ५० लाख सहयोग

अनलाइनसमय |
११ भदौ २०८३
बाढीपीडितको उद्धारमा नासा सेक्युरिटिजद्वारा ५० लाख सहयोग

काठमाडौं, ११ भदौ । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि नासा सेक्युरिटिजले ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

रसुवा, नुवाकोट, धादिङ र भोटेकोशी तटीय क्षेत्रमा बाढीले ठूलो जनधनको क्षति पु¥याएपछि कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

विपद्मा परेका नागरिकको तत्काल उद्धार र राहत वितरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ । साथै, बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस