शेयर बजारको शिथिलता अब हट्ला ? -लगानीकर्ता एपी चौलागाईंको विश्लेषण (अन्तरवार्ता)

अनलाइनसमय |
२ साउन २०८३
शेयर बजारको शिथिलता अब हट्ला ? -लगानीकर्ता एपी चौलागाईंको विश्लेषण (अन्तरवार्ता)

काठमाडौं, २ साउन । अर्थतन्त्रको ऐना मानिने पूँजीबजार पछिल्ला केही वर्षयता उतारचढाव, नीतिगत अस्थिरता र लगानीकर्ताको बदलिँदो मनोविज्ञानको चेपुवामा परेको छ । एकातिर डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ७० लाख नाघिसकेको छ, जसले पूँजीबजारप्रतिको आकर्षण बढ्दै गएको संकेत गर्छ । तर अर्कोतिर, बजार लामो समयदेखि अपेक्षित गतिमा चलायमान हुन सकेको छैन ।

यसबीच पर्याप्त वित्तीय साक्षरताको अभाव, सामाजिक सञ्जालमार्फत फैलिने अपुष्ट सूचना र तथाकथित ‘फाइनान्स इन्फ्लुएन्सर’हरूको प्रभाव, सीमित लगानी उपकरण तथा नीतिगत अन्योलले विशेषगरी नवप्रवेशी लगानीकर्तालाई थप जोखिममा पारेको छ ।

यता, नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ नेतृत्व पाएको छ । मंगलवार मात्रै बोर्डले धितोपत्र बजार सुधारका लागि आफ्ना प्राथमिकता सार्वजनिक गरेको छ । यस्तै ‘क्यापिटल मार्केट रोडम्याप’ ल्याउने तयारी गरिरहेको छ । के यसले पूँजीबजार सुधार र लगानीकर्ताको विश्वास पुनःस्थापित गर्न सक्ला ? बजारलाई चलायमान बनाउन के–कस्ता नीतिगत सुधार आवश्यक छन् ? नयाँ लगानीकर्ताले सुरक्षित र विवेकपूर्ण लगानीका लागि के सिक्नुपर्छ ? र जोखिम न्यूनीकरण गर्दै दीर्घकालीन रूपमा सफल लगानी कसरी गर्न सकिन्छ ?

बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष एसपी चौलागाईंसँग गरिएको कुराकानी : 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस